२०८३ भाद्र १३ गते शनिवार

डा. शेखर कोइरालाद्वारा गणतन्त्र दिवसको शुभकामना


दाङ, १५ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १८ औं गणतन्त्र दिवसको अवसरमा सबै नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले गणतन्त्रको शासकीय स्वरूपसहितको लोकतान्त्रिक प्रणालीको सही अभ्यासका आधारमा नागरिकलाई सवल र सक्षम बनाउन इमान्दार प्रयत्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै डा. कोइरालाले नागरिकमा व्याप्त नैराश्यतालाई सत्कर्मले चिर्दै आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गरी न्याय र समानताको अनुभूति गराउन सक्ने समाज निर्माणतर्फ अघि बढ्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले लोकतन्त्र र गणतन्त्रको मूल्य र मान्यतालाई मजबुत पार्न सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस