२०८३ साउन ३० गते शनिवार

एमाले तुलसीपुर-४ को दोस्रो अधिवेशन : जेष्ठ नागरिकलाई बलांकेट वितरण

दाङ, २५ मंसीर । नेकपा एमाले तुलसीपुर ४ नम्वर वडा कमिटिले दोस्रो वडा अबिधेशनका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । कमिटिले वडा अधिवेशनको उद्घाटन कार्यक्रममा सम्मान तथा विभिन्न सामग्री वितरण गरेको छ ।

वडा कमिटिको अध्यक्ष घन बहादुर पुन मगरको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रम, वडा भित्रका ७५ वर्ष माथीका जेष्ठका नागरिकहरुलाई निशुल्क न्यानो बलाङकेट वितरण तथा निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

यस्तै स्थानिय चुनाव २०४९ देखी स्थानिय निर्वाचन २०७४ मा नेकपा एमालेबाट निर्वाचित पुर्व जनप्रतिनिधिहरुलाई सम्मान र पाटी संगठनमा योगदान पुर्‍याएका नेताहरुलाई सम्मान गरिएको छ ।

वडा कमिटिका उपाध्यक्ष कलिभान वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्बाचन आयोगका सदस्य तथा पुर्ब स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसि, प्रदेश कमिटी सदस्य हुकुम बस्नेत , टोप बहादुर घर्ती,नेकपा एमाले प्रदेस कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्का, पाटी जिल्ला सचिब श्याम डागी, राप्रपा ईकाई सभापति यामलाल पार्धे लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण संगठीत सदस्य लक्ष्मण विश्वकर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस