दाङ, १६ असोज ।
दाङमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ पक्राउ परेका छन् । दाङ प्रहरीका अनुसार गढवा गाँउपालिका वडा नंम्बर २ महादेवा गाँउका २५ वर्षीय अनिल बिश्वकर्मा पक्राउ परेका हुन् ।
१६ वर्षीय वालिकालाई अति आबश्यक कुरा गर्नुपर्ने छ भनि आफनै घरमा बोलाई ललाई फकाई गरी जबरजस्ती करणी गरेको भनि पिडितले प्रहरीमा जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा प्रतिवादी बिश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखीएको छ ।
पक्राउ परेका बिश्वकर्मामाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार


