२०८३ भाद्र ६ गते शनिवार

साना किसान कृषि सहकारी संस्थाहरूको प्रगति समिक्षा


सल्यान, १५ भदौ । सल्यानमा साना किसान कृषि सहकारी संस्थाहरूको दुई आर्थिक वर्षको प्रगति समिक्षा गरिएको छ । शनिबार श्रीनगरमा भएको कार्यक्रममा आर्थिक वर्ष २०७९/८० र ०८०/८१ का तुलनात्मक प्रगति समिक्षा गरिएको हो ।

कार्यक्रममा सल्यानका सबै साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष र प्रबन्धकहरूको उपस्थिति रहेको थियो । प्रबन्धकहरूले आफ्नो संस्थाको तुलनात्मक प्रगति प्रस्तुत गरेका छन् ।

समिक्षा कार्यक्रमले साना किसान सहकारी संस्थाहरूको प्रगति र भविष्यका योजनाबारे गहन अवलोकन र मूल्यांकन गर्न महत्वपूणर् भूमिका खेलेको कणर्ाली प्रदेशका शाखा प्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभयो ।

यस्तै नेपाल कृषि सहकारी संघका केन्द्रीय लेखा समिति सदस्य चिरञ्जीवी केसीले समिक्षाले आगामी रणनीति बनाउन सहज बनाउने बताउनुभयो । कार्यक्रमको संचालन कपुरकोट साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक जित प्रसाद आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस