दाङ, २८ साउन । दाङको घोराही-लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर-.५ का २१ वर्षका जयन्ती रोका, तुलसीपुर- .१५ का ५४ वर्षीय डबल बहादुर, लमही-.८ का २७ वर्षीया सविना अधिकारी, सोही ठाँउका ३ वर्षीया प्रिन्सा भट्टराई,.घोराही-.१४ का ३५ वर्षीया मनमाया बुढा, घोराही-२ का ४६ वर्षीया माया शाह, घोराही-.१३ का २५ वर्षका सृजना भुजेल, .१५ का २५ वर्षीय रिजवान सलमानी, सोही ठाँउका सन्जु दसौदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
यस्तै बसका सह चालक घोराही-.११ का २२ वर्षीय संगम खडका, घोराही- १ का २५ वर्षीया मिरा कुँवर योगी, उहाँको छोरा २ वर्षका सिनास कुँव,े.बंगलाचुली -.७ का २६ वर्षीय मनोज थापा मगर,.लमजुङ राईनास-.६ का ४० वर्षीया नेबिसा बुढाथोकी, सोही ठाँउका ४० वर्षका बाबुराम कार्की, कपिलबस्तु बुद्धभुमी नगरपालिका- ९ का ३१ वर्षीय उसा अर्याल रहेको प्रहरीले जनाएको छ ।
यस्तै कपिलबस्तु बुद्धभुमी नगरपालिका-३ का ६० वर्षको भोजराज पौडेल, सोही ठाँउका २४ वर्षका रिता खनाल,.बाँके जानकी गाउँपालिका-.३ का ३१ वर्षका लक्ष्मी नारायण, सोही ठाँउका ३१ वर्षका रामसाह काँदु, .गुल्मी रेसुङगा नगरपालिका-.३ का ३० वर्षका शमशेर थापा र सोही ठाँउका ५६ वर्षका भिमा कुमारी थापा रहेका छन् ।
बुटवलबाट तलसीपुर आउँदैै गरेको लु १ ख ८४१२ नम्बरको बस आज सोमवार दिउँसो घोराही उपमहानगरपालिका-१७ स्थित सिस्ने खोलाको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा घाइते भएकाहरुकोे घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते मध्ये ९ जना सामन्य र १३ जनाको अवस्था मध्यम रहेको छ ।
बसमा २७ जना यात्रुहरु सवार रहेका थिए । प्रहरीले बस चालक तुलसीपुर-.१८ का २९ वर्षीय बिवेक काकीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


