२०८३ असोज २६ गते सोमवार

एक्लै बस्दै आएकी वृद्धा मृत अवस्थामा फेला


तुलसीपुर,५ असार । तुलसीपुरमा घरभित्र एक वृद्धा मृत अवस्थामा फेला परेकि छन् । तुलसीपुर उपमहानगरपालिका-७ ग्वारखोला निवासी ५८ वर्षकी ठगी खनाल घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खनाललाई आज(बुधावार)बिहान साढे ७ बजे घरभित्रै मृत अबस्थामा प्रहरीले फेला पारेको थियो । खनाल आफ्नै एक तले टिनले छाएको कच्चि घरमा बस्दै आएकि थिइन् । बुधबार बिहान ७ बजेसम्म ढोका नखोलेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै घटनास्थल पुगेको प्रहरीले उहाँलाई मृत अबस्थामा फेला पारेको थियो खनाल पहिलेदेखिनै जन्डिसको बिरामि रहेको भन्ने बुझिएको छ । श्रीमान नभएको तर छोराहरु संग छुट्टिएर खनाल एक्लै एक्लै बस्दै आउनुभएको थियो ।

प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस