तुलसीपुर, ४ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को घुसेरीमा भुस्याह कुकुरको बिगबिगी बढेको छ । भुस्याह कुकुरले किसानका बाख्रा मार्ने गरेको स्थानीय टिका पौडेलले बताउनुभयो ।
भुस्याह कुकुरले मंगलबार (आज) बिहानमात्रै घुसेरीका उमाराम पोखरेलको बाख्राको पाटो मारेको छ । घरमै भुस्याह कुकुरले बाख्रा मार्न थालेको यो दोस्रो पटक हो । भुस्याह कुकुरले यसअघि पनि स्थानीय किसानको बाख्रो मारेको पौडेलले बताउनुभयो ।
उहाँले गाउँमा भूस्याह कुकुरले किसानले पालेका बाख्रासंगै, भेडा र कुखुरा मार्ने गरेको हुँदा नियन्त्रणका लागि आवश्यक पहल गरिदिन स्थानीय सरकारसंग माग गर्नुभएको छ ।
प्रकाशित मिति : २०८१ असार ४ गते मङ्गलवार


