२०८३ असार १३ गते शनिवार

तुलसीपुर होटल व्यवसायी समितिको पर्यटकिय क्षेत्र खोजि अभियान

तुलसीपुर, २ असार । तुलसीपुर होटल व्यवसायी समितिले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको खोजि अभियानमा थालेको छ । समितिले पर्यटन क्षेत्रको विकास हुन सकेमात्रै आर्थिक विकास हुने भन्दै पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन क्षेत्रको प्रचारप्रसार अभियानमा जोड दिएको हो ।

होटल व्यवसायीले पर्यटन क्षेत्रको विकास हुन सकेमात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । होटेल व्यवसायी समिति तुलसीपुरले शनिबार मुलकोट चमेरेगुफामा आयोजना गरेको कार्यक्रममा होटेल व्यवसायी महासंघका केन्द्रीय सदस्य नेत्रलाल वलीले होटल व्यवसाय फस्टाउनका लागि पर्यटकिय क्षेत्रको विकास हुनुपर्ने बताउनुभयो ।

उहाँले तुलसीपुरका पर्यटकीय क्षेत्रमात्रै नभएर समग्र दाङको पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

तुलसीपुर उमहानगरपालिका वडा नम्बर ४ मा रहेको चमेरेगुफाको प्रचारप्रसारका लागि समितिले कार्यक्रमको आयोजना गरेको तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो । उहाँले पर्यटन विकासका लागि होटल व्यवसायी समितिले विभिन्न समयमा प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको बताउनुभयो ।

उहाँले चमेरेगुफासम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिनुभयो । गुफासम्म पुग्ने सडकको अवस्था पछिल्लो समय बिग्रिदा सडकको यात्रा जोखिमपूणर् रहेको बताउनुभयो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य दोणर् घर्तीमगरले वडामा रहेका पर्यटकीयस्थलको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारका लागि वडाले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले चमेरेगुफालाई धार्मिक एवं पर्यटकियस्थलको रुपमा विकास गर्नका लागि वडा सरकार लागिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार २ गते आइतवार
प्रतिक्रिया दिनुहोस