तुलसीपुर, २० जेठ ।
तुलसीपुरको गहतेखोलादेखि माथिल्लो सडक भमके-बाघमारे-खिलतपुर हुँदै घट्टेखालासम्म जोड्ने सडक निर्माणका लागि तीन पालिकाले चासो दिएका छन् । सडक निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकासहित शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले चासो दिएका हुन् ।
आइतबार तीन पालिका प्रमुखको शान्तिनगर गाउँपालिका मुकाम चिराघाटमा बसेको बैठकले सडक निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई दवाव दिने निणर्य गरको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो ।
जीणर् बनेको सडक तत्काल निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको नेतृत्वमा डेलिगेसन जाने निणर्य गरिएको उहाँले बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र लगायतका राजनैतिक दलको सहभागीता रहेको थियो । सडक लामोसमयदेखि जीणर् अवस्थामा हुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।





