दाङ, ६ जेठ । दाङको लमही स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका-६ कुलमोहर स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका-५ आदर्श टोल निवासी बसन्तराज भण्डारीका १३ बर्षिया छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
साथीहरू मिलेर नुहाउन गएका भण्डारी अर्जुन खोलामा डुबेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेका भण्डारीको शब निकालेको हो ।
प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार


