तुलसीपुर, ३० बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
अहिलेसम्मको नतिजा अनुसार नेपाली कांग्रेसका तर्फबाट उमेदवार बन्नुभएका बिनिल केसीको अग्रता कायमै रहेको छ । उहाँले मतान्तर बढाउँदै लैजानुभएको छ ।
केसी १४७ मतले अगाडी रहनुभएको छ । १ हजार ९ सय १५ मत गणना हुँदा केसीले १ हजार ६ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका ललितजंग शाहले ८५९ मत ल्याउनुभएको छ ।
यस्तै संयुक्त प्यानलका उद्योग उपाध्यक्षमा विश्व बस्नेतले १०४१मत प्राप्त गर्नुभएको छ भने हेमन्द्र खड्काले ७३० मत ल्याउनुभएको छ ।
यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका नरेश राजभण्डारीले ९९१ मत प्राप्त गर्नुभएको छ भने खुशलराम शर्माले ७६० मत प्राप्त गर्नुभएको छ ।
यस्तै खुल्ला उपाध्यक्ष पदमा कांग्रेसका देव बहादुर केसीले ९६५ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका डिल्ली बहादुर वलीले ७९७ मत ल्याउनुभएको छ ।
यस्तै कोषाध्यक्षमा रुपेश शर्माले ९७३ मत ल्याउँदा संयुक्त प्यानलका शेषकान्त ढकालले ७४८ मत ल्याउनुभएको छ । यस्तै महासचिव पदमा कांग्रसका केशवराज केसीले ९६५ मत ल्याउँदा संयुक्त प्यानलका नरेन्द्र कुमार डाँगीले ८०३ मत ल्याउनुभएको छ ।
यस्तै सचिवमा नविन राईले ५९७ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका भुपाल रावतले ४५६ मत ल्याउनुभएको छ । स्वतन्त्र उमेदवार चन्दन वलीले ५५९ मत ल्याउनुभएको छ ।
हिजो शनिबार भएको निर्वाचनमा तीन हजार ४ सय ७७ जना मतदाता रहेकोमा दुई हजार ९८६ मत खसेको निर्वाचन समितिे जनाएको छ ।


