२०८३ असोज २७ गते मङ्गलवार

जिल्ला प्रशासन कार्यालय दाङले यि सार्वजनिक बिदामा पनि सेवा दिने

दाङ, १८ बैशाख । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विदाका दिनमा पनि सेवा दिने भएको छ । कार्यालयले बैशाख १ देखि चैत मसान्तसम्ममा विषेश पर्वका सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएको हो ।

सार्वजनिक बिदाका दिनमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने लगायतका सेवा प्रवाह गरिने भएको हो ।

कार्यालयले बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, उभौली पर्वका सार्वजनिक बिदाका दिनमा सेवा प्रवाह गर्ने भएको हो ।

यसैगरी क्रिसमस डे, तमुलोसार,माघे सक्रान्ति, सहिद दिवस, सोनाम ल्होसार, प्रजातन्त्र दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, अन्तराष्ट्रिय महिला दिवस, ईद उल फित्र र ईद उल अजाहमा पनि सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ ।

कार्यालयले सेवा प्रवाह गर्ने दिनहरु :

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस