२०८३ असोज २० गते मङ्गलवार

फराकिलो मन्तान्तरसहित इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी


दाङ, १८ बैशाख । इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । २७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराउनुभएको हो ।

खड्काले २१ हजार ९४२ मत पाउनुभएको छ । तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो हुनुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस