कपुरकोट, २ बैशाख । सल्यानको कपुरकोटमा स्मार्ट हाट बजार संचालन गर्न गर्नका लागि चार कोठे भवनको आइतबार (आज) शिलान्यास गरिएको छ । भवनको शिलान्यास गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै अध्यक्ष पुनले भवन निर्माणले पूणर्ता पाएपछि कृषि उपजको बजारीकरणमा थप सहजता ल्याउने बताउनुभयो । उहाँले कपुरकोट गाउँपालिका कृषिका हिसावले पकेट क्षेत्र रहेकोले कृषि उपजको बजारीकरण महत्वपूणर् रहेको बताउनुभयो ।
भवन ५६ लाख १८ हजार ६२३ मा निर्माण हुन लागेको भवनको निर्माण जिम्मा भुवनेश्वरी बिल्डर्स कपुरकोटले लिएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र निर्माण सक्ने गरी सम्झौता भएको प्राविधिक प्रकाश बुढाले जानकारी दिनुभयो ।
भवन शिलान्यासमा कपुरको गाउँपालिका उपाध्यक्ष प्रकास भण्डारी , ३ नं. वडा अध्यक्ष प्रदिप खडका, कपुरकोट कृषि उपज संचालक समितिका अध्यक्ष तिलक शर्मा लगायतका रहनुभएको थियो ।


