२०८३ असोज २६ गते सोमवार

तुलसीपुर र सल्यानका यि क्षेत्रमा आउँदैन भोलि विद्युत

तुलसीपुर,२२ चैत । तुलसीपुर क्षेत्रमा शनिबार विद्युत लाइन कटौति गरिने भएको छ ।

तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने ३३ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका निमित्त वितरण केन्द्र प्रमुख शरद अर्यालका अनुसार भोली(शनिवार) बिहान १० बजे देखि साझ ५ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने भएको छ ।

तुलसीपुर क्षेत्र अन्तरगत पर्ने बालापुर,सुकौरा,भमके,एयरपोर्ट,कृष्ण मन्दिर,मानपुर-बिजौरी,फुलबारी फिडरका सबै स्थानमा शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन अबरुद्ध हुने भएको छ ।

यस्तै कपुरकोट क्षेत्रको फिडर अन्तरगतका सम्पुणर् क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुने निमित्त प्रमुख अर्यालले बताउनुभयो ।

३३ केभी लाइन मर्मतको काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस