२०८३ भाद्र ९ गते मङ्गलवार

एमाले महाधिवेशन मतदान जारी : विद्युतीय मेसिनमा सुस्त मतदान


दाङ, ३ पुस । नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार बिहीबार बिहान पाँच बजेसम्म दुई हजार ९१ मत खसेको छ । अब एक सय ७२ मत खस्न बाँकी रहेको उहाँको भनाइ छ । एमाले महाधिवेशनमा दुई हजार दुई सय ६३ प्रतिनिधि सहभागी छन् ।

बुधबार बिहान सुरु भएको मतदान प्रक्रिया सुस्त बनेको छ । नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको हो ।

महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् ।

कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई समस्या भएको छ ।

निर्वाचन सम्पन्न भएको तीन घण्टामा परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस