२०८३ भाद्र १३ गते शनिवार

घोराही-८ का अध्यक्ष शाहको राजीनामा स्वीकृत


दाङ, २ भदौ । घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उहाँले १२ असार २०८० मा नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुभाएका थिए । त्यसको दुई बर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो ।

नगर प्रमुख चौधरीका अनुसार आफूले गएको बर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताउनुभयाे ।

एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिनुभएकाे थियाे । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएकाे हाे । वडाध्यक्ष शाहलाई एमालेले २०८१ माघमा पार्टीबाट समेत कारवाही गरेको थियाे ।


यो बीचमा धेरै पटक सुधार्न खोजेपनि नसुध्रिएपछि राजीनामा स्वीकृत गरिएको नगर प्रमुख चौधरीको भनाई छ ।“धेरै पटक सम्झाउन खोजियो”,उहाँले भन्नुभयो-“तर, उहाँले मान्नु भएन, नसुध्रिएपछि राजीनामा स्वीकृत गरियो ।”

उहाँको राजीनामा स्वीकृत भएपछि जेष्ठताका आधारमा चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।


शाह काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी भएका उहाँले १४५१ मत ल्याउनुभएकाे थियाे, भने काँग्रेसका उम्मेदवार धनिराम चौधरीले १२४४ मत ल्याएका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस