२०८३ भाद्र १३ गते शनिवार

नेपालगन्जमा २२ वर्षीया युवतीको हत्या, ३५ वर्षीय पुरुष पक्राउ

नेपालगन्ज, १० साउन । नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरस्थित एक डेरामा २२ वर्षीया निर्मला थापाको हत्या अभियोगमा ३५ वर्षीय प्रकाश सुनार पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रकाशले सलको प्रयोग गरी निर्मलाको घाँटी कसी हत्या गरेको खुलेको छ ।

हत्या पश्चात उनले निर्मलाकी बहिनीलाई फोनमार्फत घटनाको जानकारी गराएका थिए र फरार हुने प्रयास गरेका थिए । तर प्रहरीको सक्रियतामा उनलाई नेपालगन्जको धम्बोझी क्षेत्रबाट पक्राउ गरिएको हो ।

दैलेख स्थायी घर भई नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत निर्मला र प्रकाश विगत तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । विवाहित प्रकाश नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत थिए।

प्रहरी समक्ष बयान दिने क्रममा उनले निर्मलालाई ‘कान्छी श्रीमती’को रूपमा स्वीकार गरेका छन् । मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस