२०८३ भाद्र १३ गते शनिवार

रुकुम पश्चिमका एक युवक बलात्कार आरोपमा तुलसीपुरबाट पक्राउ

दाङ, २८ असार । बलात्कार आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । प्रहरीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका –११ घर भइ हाल तुलसीपुरमा बस्दै आएका ३५ वर्षका बीर बहादुर वलीलाई पक्राउ गरेको हो ।

आरोपी वलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । २०८१ वैशाख १४ गते राति ११ बजे बलात्कार गरेको भन्दै २८ वर्षकी महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वलीलाई पक्राउ गरेको हो ।

‘कतिपय केसहरू हेर्दा लभ गर्ने । आर्थिक सङ्कलन गर्ने । बलात्कार गर्ने जस्ता घटनाहरू घटाएको भन्दै धरै कुराहरू आइरहेका छन् ।’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले भन्नुभयो–‘हामीले पक्राउ गरेर अनुसन्धान गर्दै छौ । हेरौँ के हुन्छ ।’

गएको कातिक २५ गते केही युवाहरूले तुलसीपुरको सल्यान रोडस्थित सल्यानी होटलमा आरोपीलाई खुकुरी प्रहार गरेका थिए । पक्राउ परेका वलीलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस