
सल्यान, २४ जेठ । नेकपा एकिकृत समाजवादी पाटी कपुरकोट गाउँपालिका कमिटीले असार ७ गतेभित्र वडा अधिवेशन गरिसक्ने भएको छ । गाउँ कमिटीको आज बसेको बैठकले वडास्तरीय अधिवेशन २०८२ साल असार ७ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठक अध्यक्ष याम कुमार बस्नेतको अध्यक्षतामा बसेको हो ।
बैठकमा जिल्ला इञ्चार्ज भ्रदसिं बुढा, प्रदेश कमिटी सदस्य दुर्गा बहादुर पुन, जिल्ला कमिटी सदस्य तिलक शर्मा र चुर्ण बहादुर पुनको उपस्थिति रहेको थियो ।
पार्टी सचिव ठगवीर बिकले बैठकमा अधिवेशनको तयारी तथा भावी कार्ययोजनाबारे जानकारी दिनुभएको हो ।
प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शनिवार