२०८३ साउन ३ गते आइतवार

तुलसीपुर नगर जेसिज सप्ताह २०२५ सुरु हुँदै

दाङ, २३ जेठ । तुलसीपुर नगर जेसिज सप्ताह २०२५ को तयारी पूरा भएको छ । नगर जेसिजका अध्यक्ष सन्दिप भुसालको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत सप्ताहका कार्यक्रमबारे जानकारी दिइएको हो । जेसिज सप्ताह जेठ २४ गतेदेखि सुरु हुनेछ ।
पहिलो दिन उद्घाटन समारोह रहेको छ । जसको संयोजक झग्गु प्रसाद सापकोटा रहनुभएको छ । दोस्रो दिन प्रेम अनुभव सचिवालय रहेको छ । जसको संयोजक कमल प्रकाश शर्मा रहनुभएको छ ।

तेस्रो दिन विद्यार्थीसँग जेसिज कार्यक्रम रहेको छ । जसको संयोजक सागर न्यौपाने रहनुभएको छ । चौथो दिन मावि बालापुरमा शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको छ । पाँचौं दिन वक्तृत्वकला कार्यक्रम रहेको छ । जसको संयोजकमा भुवन ओली रहनुभएको छ । छैठौं दिन शान्तिदीप स्कुल सभाहलमा अन्तर–ब्याडमिन्टन प्रतियोगिता हुने छ । सातौं दिन रक्तदानसहित समापन कार्यक्रम रहेको छ । जसको संयोजक पारस न्यौपाने रहनुभएको छ ।

कार्यक्रमका मूल संयोजक केशवराज केसी रहनुभएको छ । सञ्चालन महासचिव बुद्धि सापकोटाले गर्नुहुने भएको छ । आस्थपाठ शरद देवकोटाले प्रस्तुत गर्नुहुने भएको छ ।

पूर्व अध्यक्ष झरेन्द्र खरेलले जेसीजले शासनभन्दा विधिलाई प्राथमिकता दिने, कर्मशील र विवेकशील नेतृत्वद्वारा समाजमा दिगो विकास ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष नारायणी रजौरे, रिपोर्टर्स क्लब अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना व्यक्त गर्नुभयो । पूर्व अध्यक्षहरूको कार्यकालमा तुलसीपुर नगरमा खानेपानी धारा, प्रतीक्षालय, जेसिज वाटिका, शौचालय र ट्राफिक विटजस्ता महत्वपूर्ण कामहरू सम्पन्न भएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस