२०८२ असार ८ गते सोमवार

सरकारले आज आगामी वर्षको बजेट ल्याउँदै

दाङ, १५ जेठ । संघिय सरकारले आज आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउँदैछ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसद्बाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो ।

सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुने भएको छ ।

ऋाजै दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

३ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो । बजेटअघि मन्त्रिपरिषद्बाट पास गरेर संसदमा दुवै सदनमा अर्थमन्त्रीले प्रस्तुत गर्नेछन् ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा केही वृद्धि भएर आउने छ । आगामी आर्थिक वर्षको बजेट २.१७ प्रतिशत वृद्धि गरेर राष्ट्रिय योजना आयोगले १९ खर्ब ६५ करोडको सिलिङ दिएको छ । उक्त सिलिङअनुसार गत वर्षभन्दा थोरै वृद्धि भएर बजेट आउने आकलन गरिएको छ ।

सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा सरकारले करिब ४० अर्ब रुपैयाँ दायित्व थपिने गरी कर्मचारीहरूको १० प्रतिशतसम्म तलब वृद्धि गरेको स्रोतले बताएको छ । महँगी भत्तालाई निरन्तरता दिने गरी बजेट बनेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस