२०८२ जेष्ठ २९ गते बिहिवार

मृतक सदस्यका परिवारलाई मेरो माइक्रोफाइनान्सबाट आर्थिक सहयोग

सल्यान, ७ जेठ । सल्यानको कपुरकोट गाउँपालिका–३, मुलपानी निवासी राधा बुढाथोकीलाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, धनवाङ्ग शाखाले २१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

मुलपानी गाउँमा रहेको मेरो सिद्धेश्वरी महिला केन्द्रमा आवद्ध सदस्य बुढाथोकीका श्रीमान मिनजङ्ग बुढाथोकीको मृत्यु भएपछि काजक्रिया खर्च स्वरूप उक्त सहयोग उपलब्ध गराइएको हो ।

राधा बुढाथोकी २०७७ सालदेखि धनवाङ्ग शाखा अन्तर्गतको समुहमा आवद्ध भई नियमित बचत तथा कर्जा कारोबार गर्दै आउनुभएको छ । २०८१ साल चैत २६ गते उहाँका श्रीमानको निधन भएको थियो ।

शाखा प्रबन्धक प्रेमबहादुर बिकका अनुसार मृतक सदस्यका परिवारलाई संस्था मार्फत काजक्रिया खर्च स्वरूप सहयोग रकम हस्तान्तरण गरिएको हो ।

हाल मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर ६४ जिल्लामा १५० शाखामार्फत एक लाख ६० हजारभन्दा बढी घरधुरीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस