२०८२ जेष्ठ ५ गते सोमवार

बलत्कार कसुरमा युवा वैज्ञानिक मार्शल रोकालाई सात वर्षको कैद फैसला


दाङ, १६ बैशाख । दाङका युवा वैज्ञानिक मार्शल रोकालाई बलात्कार कसुरमा अदालतले सात वर्ष कैद फैसला गरेको छ । ३२ वर्षिय महिलालाई बलत्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २८ वर्षिय रोकालाई जिल्ला अदालत दाङले सात वर्ष कैद फैसला गरेको हो ।

जिल्ला न्यायधिस तेजनारायण पौडेलको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद, तीन लाख जरिवाना, ४० हजार क्षतिपुर्ति र १ हजार ३ सय राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका श्रेष्तादार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

पिडितले बलत्कारको कसुरमा २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । प्रहरीले आरोपित रोकालाई जेठ १७ गते घरबाटै पक्राउ गरी २०८० असार १० गते जवरजस्ती करणीसम्बन्धि मुद्धा चलाएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस