२०८२ जेष्ठ ५ गते सोमवार

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको उपाध्यक्षमा सुरेश हमाल


दाङ, १२ बैशाख । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट दाङका सुरेश हमाल उपाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष समेत रहनुभएका हमाल संघको उपाध्यक्ष पदमा चयन हुनुभएको हो ।

संघको दोस्रो महाधिवेशन बैशाख १० र ११ गते काठमाडौंमा भएको हो । देशभरिका प्रतिनिधिहरूको सहभागितामा महाधिवेशन भएको हो ।

नवनिर्वाचित उपाध्यक्ष हमालले यातायात क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा सेवा प्रवाहमा सुधार ल्याउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संघले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै व्यवसायीहरूको एकता र अधिकारका लागि काम गर्दै आएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा पनि तय गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस