२०८२ जेष्ठ ५ गते सोमवार

कपुरकोटको दक्षिण कालिका मन्दिरमा चैते दसैंको मेला

कपुरकोट, २३ चैत्र । सल्यानको कपुरकोट गाउँपालिका–३ मा रहेको दक्षिण कालिका देवि मन्दिरमा चैत्र शुक्ल अष्टमीको अवसर पारेर शनिबार चैते दसैं मेलाको आयोजना गरिएको छ ।

सो अवसरमा मन्दिर व्यवस्थापन समितिले नव निर्मित सिँढीको औपचारिक उद्घाटन गरेको छ ।

कर्णाली प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री सुरेश अधिकारीले नयाँ सिँढीको उद्घाटन गर्नुभएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर यरीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, वडा नं. ३ का अध्यक्ष प्रदीप खड्का, वडा नं. ४ का अध्यक्ष मित्रलाल कठायत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा देवी पूजा, कलश यात्रा तथा धार्मिक कथा वाचनसमेत गरिएको छ ।
मेला तथा धार्मिक कार्यक्रम आइतबार (भोलि) सम्म सञ्चालन हुने मन्दिर समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस