२०८२ जेष्ठ ५ गते सोमवार

दुई दाना सुन्तला चोर्नेलाई कति होला सजाय ?

राजावादीको आन्दोलनका क्रममा शुक्रबार कोटेश्वरस्थित भाटभटेनीबाट स्याउ, सुन्तला, लिपस्टिक र रक्सीका बोतल लुटपाट गर्नेमध्ये कतिपयलाई प्रहरीले पक्राउ गरिसकेको छ । उता सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ– गोजीमा दुई दाना सुन्तला हालेर हिँड्ने व्यक्तिलाई कति सजाय होला ? के दुई–चार दाना सुन्तला बोकेर हिँडेकै कारण उनले पनि जेल नै जानु पर्ला त ?

अपराध अनुसन्धानमा कार्यरत प्रहरीहरु कानुनले सानो चोर र ठूलो चोरबीच फरक नगरेको बताउँछन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अंगुर जीसी अर्काको निजी सम्पत्ति लिएर भाग्नु अपराध भएकाले दोषीमाथि कानुनअनुसार कारवाही हुने बताउँछन् ।

ऐनको यो प्रावधान हेर्दा ५ दाना सुन्तला गोजीमा हालेर हिँड्नेलाई कति सजाय होला त ? अब यसबारे विचार गरौं ।

मानिलिउँ ५ दाना सुन्तलाको दाम १०० सय रुपैयाँ पर्छ । यसको २५ प्रतिशत जरिवाना भनेको २५ रुपैयाँ हो । अभियुक्तले यो जरिवाना राज्यलाई तिर्नुपर्ने हुन्छ । उसले लुटपिट भएको सम्पत्ति अर्थात् ५ दाना सुन्तला जसको हो, उसलाई फिर्ता गरिदिनुपर्ने हुन्छ । अर्थात्, भोटभटेनीको सुन्तला फिर्ता गर्नुपर्ने हुन्छ । यसो गर्दा सय रुपैयाँको सुन्तला चोर्नेले बिगोसहित १२५ रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ ।

तर, के राज्यलाई २५ रुपैयाँ र सुन्तला धनीलाई एक सय रुपैयाँ तिर्दैमा सुन्तला चोर्ने व्यक्तिले उन्मुक्ति पाउला त ? पाउन सक्दैन । किनभने, उपदफा १ अनुसारको कसूर गर्ने व्यक्तिलाई मुलुकी अपराध संहिताको उपदफा ३ अनुसार तीन महिनासम्म कैद हुन सक्छ । तीन महिनासम्म भनेको अदालतले एक दिनदेखि ६० दिनसम्म कैद गर्न सक्छ भन्ने हो ।

भाटभटेनीबाट सुन्तला उठाएर गोजीमा हाल्ने व्यक्तिले लुट्ने नियतले नभएर पसल अगाडि छरिएको देखेर अन्य बहुमूल्य सामानतिर नलागी फगत केही दाना सुन्तला गोजीमा हालेको रहेछ भने के होला ? फौजदारी न्यायमा ‘मनसाय’ लाई महत्व दिइने भएकाले यस्तोमा अदालतले विवेक प्रयोग गर्न सक्छ । अथवा, प्रहरी आफैंले मुद्दा चलाउँदा त्यसको गम्भीरतालाई हेरेर अभियोजन तयार पार्न सक्ने कानूनका जानकारहरु बताउँछन् ।-खबरहवबाट साभार

प्रकाशित मिति : २०८१ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस