२०८२ जेष्ठ ५ गते सोमवार

नेकपा एकिकृत समाजवादी सल्यानको नवौँ जिल्ला अधिवेशन शुरु


सल्यान, २० चैत । नेकपा एकिकृत समाजवादी पाटी सल्यानको नवौँ जिल्ला अधिवेशन बुधबारदेखि शुरु भएको छ । जिल्लाको सदरमुकाम खलंगामा नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरिएको हो ।

जिल्ला अध्यक्ष राम खड्काको अध्यक्षता तथा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

उद्घाटन कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र पुरी, सचिव चन्द्र बहादुर शाही, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू, आयोजक समिति, स्थानीय समिति तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनमा सल्यान जिल्लाका विभिन्न स्थानीय तहबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरू अधिवेशनमा सहभागी छन् । कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिव रमेशकुमार गौतमले गर्नुभएको हो । अधिवेशन बिहिबारसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस