
दाङ, १९ चैत ।
दाङमा नगद ५० हजार चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छ ।
प्रहरीले घोराही उप–महानगरपालिका वडा नम्बर १३ खरकट्टीमा मनिषा रोकाको घरबाट ५०,००० रुपैयाँ चोरी गरेको आरोपमा घोराही उप–महानगरपालिका वडा नम्बर १७ चौघेराका २५ वर्षीय रोशन चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले चौधरीलाई सोमबार चौघेराबाट घोराहीतर्फ आउँदै गर्दा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार