२०८२ बैशाख १० गते बुधवार

दाङमा ३५ जना फरार प्रतिवादी पक्राउ

दाङ, १ चैत । फैसला कार्यान्वयमा दाङ प्रहरी सक्रिय भएको छ । विभिन्न समयमा मुद्दा फैसला भई हालसम्म पनि फरार रहेका ३५ जना प्रतिवादीहरुलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहका अनुसार परार रहेका प्रतिवादीहरुलाई खोजलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका ३५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पठाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार ३५ जनाको कुल सजाय ४१ वर्ष १ महिना र जम्मा जरिवाना रकम ६२ हजार ५९९ रुपैंया ७९ पैसा तोकिएको छ ।

प्रहरीका अनुसार अपराधमा संलग्न भई फरार रहेका व्यक्तिहरूको खोजी कार्यलाई जारी राखेको छ । प्रहरीले अपराधमा संलग्न व्यक्तिहरूको जानकारी भएमा तुरुन्तै सूचना दिन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस