२०८२ बैशाख ३० गते मङ्गलवार

फैसला कार्यान्वयमा दाङ प्रहरीको सक्रियता : २२ जना फरार प्रतिवादी पक्राउ

दाङ, २८ फागुन । दाङमा २२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतले फैसला गरी फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले खोजी अभियान चलाउँदै उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पठाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार २२ जनाको कुल सजाय २ वर्ष १ महिना कैद र कुल जरिवाना रकम १७,५७८ रुपैयाँ तोकिएको छ । प्रहरीका अनुसार अपराधमा संलग्न भई फरार रहेका व्यक्तिहरूको खोजी कार्यलाई निरन्तर जारी राखिनेछ । प्रहरीले अपराधमा संलग्न व्यक्तिहरूको जानकारी भएमा तुरुन्तै सूचना दिन पनि आग्रह गरेको छ ।

प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५७८९०१०१ वा ९८५७८४५१११ मा खबर गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस