
दाङ, २१ फागुन । तुलसीपुर बजारलाई खानेपानीको व्यवस्थापन गरिरहेको तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाको आगामी नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उमेदवारी परेको छ ।
खानेपानी संस्थामा अध्यक्षका लागि नेपाली कांग्रेसका तर्फबाट यमकान्त भण्डारी, नेकपा माओवादी केन्द्रको तर्फबाट सिताराम शर्मा र नेकपा एमालेको तर्फबाट मनोज लामिछानेले उमेदवारी दर्ता गर्नुभएको हो ।
भण्डारी बहालवाला अध्यक्ष हुनुहुन्छ भने शर्मा उपाध्यक्ष हुनुहुन्छ । लामिछाने पूर्व सचिव हुनुहुन्छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो ।
भण्डारीलाई नेपाली कांग्रेसको समर्थन रहेको छ । शर्मालाई नेकपा माओवादीसहित राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पाटी, नेकपा विप्लव, एकिकृत समाजवादी पाटी र नेपाल समाजवादी पार्टीको समर्थन छ । यस्तै लामिछानेलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)को समर्थन रहेको छ ।
उपाध्यक्षमा सात दलिय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका दुर्गा प्रसाद भण्डारीले उमेदवारी दिनुभएको छ । यस्तै कांग्रेसका भण्डारीको प्यानलबाट उपाध्यक्ष पदमा नारायण प्रसाद शर्माले उमेदवारी दिनुभएको छ भने एमालेका लामिछानेको प्यानलबाट उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का लक्ष्मण केसीले उमेदवारी दिनुभएको छ ।
यस्तै सचिव पदमा भण्डारीको प्यानलबाट नेपाली कांग्रेसका रञ्जन गौतम, शर्माको प्यानलबाट नेकपा विप्लपका रुद्रबहादुर वली, लामिछानेको प्यानलबाट एमालेका भुवन भुषालले उमेदवारी दिनुभएको छ ।
यस्तै कोषाध्यक्ष पदमा भण्डारीको प्यानलबाट नेपाली कांग्रेसका भोलाप्रसाद थापा, शर्माको प्यानलबाट नेकपा माओवादी केन्द्रका कर्ण बहादुर वली र लामिछानेको प्यानलबाट नेकपा एमालेका शुसिला न्यौपानेले उमेदवारी दिनुभएको छ ।
यसैगरी भण्डारीको प्यानलबाट खुला सदस्यमा प्रमोद कुमार योगी (शरद) र बुद्धिराम चौधरीले उमेदवारी दिनुभएको छ भने महिला सदस्यमा लुमा बुढामगर, शुष्मा अधिकारी र शारदा सार्कीले उमेदवारी दिनुभएको छ ।
यस्तै शर्माको प्यानलबाट खुला सदस्यमा मनबहादुर वलीले उमेदवारी दिनुभएको छ भने महिला सदस्यमा कमला चौधरी, मनिषा शेर्पाली, र डिला परियारले उमेदवारी दिनुभएको छ ।
यस्तै लामिछानेको प्यानलबाट महिला सदस्यमा छमा भण्डारी, प्रमिला तिवारी र शुसिला वलीले उमेदवारी दिनुभएको छ भने खुला सदस्यमा पदम बहादुर खड्का र सुकुण्ठ न्यौपाने (सुशिल) ले उमेदवारी दिनुभएको छ । यस्तै खुला सदस्यमा खगेश्वर भण्डारीले उमेदवारी दर्ता गराउनुभएको छ । उहाँले एमालेबाट टिकट नपाएपछि स्वतन्त्ररुपमा खुला सदस्यमा उमेदवारी दर्ता गराउनुभएको हो ।
यसैगरी खुला सदस्यमा माधव गिरी, प्रेम कुँवर र शोभाराम पुनले स्वतन्त्रबाट उमेदवारी दिनुभएको छ ।
उमेदवारीको नामावली बेलुका ५ बजेपछि प्रकाशन गरिने निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालले बताउनुभयो । खानेपानीको आगामी चैत २ मा निर्वाचन हुँदैछ । खानेपानी संस्थामा अहिले १० हजार ९ सय १९ जना मतदाता रहेका छन् ।