२०८२ असार ३ गते बुधवार

राम्री नजिकै मृत फेला परेकी सीता सुर्खेत लेखबेसी निवासी


दाङ, १८ फागुन । तुलसीपुरको राम्री क्षेत्रमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक सुर्खेतको लेखबेसी नगरपालिका – १० की ४० बर्षीया सीता पोख्रेल रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार मृतकका छोरा हेमराज पोख्रेलले फोन गरि सनाखत गरेको बताउनुभयो । छोरा हेमराजले आमाको बारेमा सबै कुरा तुलसीपुर आएरै गर्ने प्रहरीलाई बताउनुभएको हो ।

तर सुर्खेतबाट हिडेको र तुलसीपुर आउनुको कारणबारेमा बारेमा थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका – ३ राम्रीको भित्री सडक खण्डमा महिला लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले यसअघि मृतकको साथमा मेडिकल कलेजको कार्ड र बैंकको डेबिड कार्ड फेला पारेको थियो । मेडिकल कलेजको कार्डमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ उल्लेख रहेको थियो भने नाम भने सीता पोख्रेल उल्लेख थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस