२०८२ असार ८ गते सोमवार

महाशिवरात्रिको अवसरमा कपुरकोटमा विशेष पूजा


सल्यान, १४ फागुन । कपुरकोट–३, मूलपानीस्थित शिव मन्दिरमा आज महाशिवरात्रिको अवसरमा विशेष पूजा–अर्चना गर्दै भक्तजनहरूलाई प्रसाद वितरण गरिएको छ । विश्व हिन्दू परिषद् कपुरकोटको आयोजनामा कार्यक्रम गरिएको हो ।

परिषद्का अध्यक्ष श्रीकृष्ण कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामप्रसाद शर्मा, महिला उपाध्यक्ष निमा सुनार, सदस्य ठगवीर कामी, समाजसेवी लिला बुढाथोकी लगायतले धर्म–संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाटै पहल आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा भक्तजनहरूलाई प्रसाद वितरण गर्दै परिषद्का उपाध्यक्ष रामप्रसाद शर्माले सनातन धर्मको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । परिषद्का महासचिव जितप्रसाद आचार्यले सामाजिक विभेद अन्त्य गर्दै समाजमा एकताको भावना निर्माण गर्नु नै धर्मको मुख्य उद्देश्य भएको उल्लेख गर्नुभयो ।

उहाँले हिन्दू समाजलाई संगठित गर्दै सशक्त र सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । साथै धर्मको नाममा हुने सबैखाले विभेद अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । यस अवसरमा स्थानीय श्रद्धालुहरूंको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस