२०८२ बैशाख ३० गते मङ्गलवार

दाङमा अवैध सुन र नगद १ लाख बढीसहित एक जना पक्राउ


दाङ, २७ माघ । दाङमा अवैध सुन र नगदसहित एक जना पक्राउ परेका छन् । प्रहरीले उपमहानगरपालिका–१५, ट्राफिक चोकबाट घोराही–१४, मिलन चोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गरेको हो ।

रसाइलीको साथबाट ४९७.०४ ग्राम तौल भएको सुन जस्तो देखिने पदार्थ, नगद १ लाख ०७ हजार ८ सय र उनले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

अवैध रूपमा सुन कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी शाहले बताउनुभयो ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले लु ४६ प ६१६१ नम्बरको सुजिकी कम्पनिको मोटरसाइकलमा सवार रसाईलीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस