२०८२ असार ३ गते बुधवार

एनएमबि बैंक चोरी प्रयासमा पक्राउ परेका चौधरी विरूद्ध चोरी उद्योगमा मुद्दा दर्ता


दाङ,२४ माघ । तुलसीपुरमा रहेको एनएमबि बैंक शाखा कार्यालयमा चोरी प्रयासमा पक्राउ परेका युवकविरूद्ध चोरी उद्योगमा मुद्दा दर्ता भएको छ । पक्राउ पर्नेमा तुलसीपुर उप–महानगरपालिका–१८ निवासी सन्तोष चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत माघ १३ गते राति साढे १ बजे, चौधरीले फलामको छिनो, हथौडा, पिलास, फलाम काट्ने आरीको सहायताले बैंकको झ्यालको भेन्टिलेटरको सिसा र ग्रिल फोडी भित्र प्रवेश गरेका थिए ।

सोही बैंकको सेवाग्राहीसमेत चौधरीले चोरी गर्न लागेको सूचना काठमान्डौबाट दाङ प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर उनलाई बैंकभित्रैबाट पक्राउ गरेको थियो ।

हाल चौधरीविरुद्ध चोरी उद्योगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत, घोराहीबाट म्याद थप अनुमति लिई उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस