
दाङ, २२ माघ । दाङमा साढे पाँच वर्षमा ८५ जनाको हत्या भएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ८५ जनाको हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रहरीले दिएको तथ्याँक अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ६ जनाको हत्या भएको छ । यसैगरी बितेका आर्थिक वर्ष २०८०/०८१ मा १९ जना, आर्थिक वर्ष २०७९/०८० मा ९ जना, आर्थिक वर्ष २०७८/०७९ मा १७ जना भएको हो ।
यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा १९ जना र आर्थिक वर्ष २०७६/०७७ मा १५ जनाको हत्यो भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
हत्याजस्तो जघन्य अपराधमा आफन्तकै संलग्नता रहेको देखिएको छ । प्रहरीको तथ्याङ्कअनुसार धारिलो हतियार प्रहार गरेर, घाँटी थिचेर, डोरीले बाँधेर वा कसेर, कुटपिट गरेर, धकेलेर, विष खुवाएर र अन्य प्रकृतिबाट हत्या गरिएकोे छ ।
प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार