२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरमा शिक्षकमाथी लुटपाट गरेको आरोपमा दुईजना पक्राउ


दाङ, २० माघ । दाङको तुलसीपुरमा एक जना शिक्षकमाथी लुटपाट गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर–६ निवासी प्रेम परियार र तुलसीपुर–५ निवासी तुफान परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुलाई माघ १५ गते राती तुलसीपुरको बाहिनि चोकबाटै पक्राउ गरिएको हो । उनीहरुले सल्यान घर भई अहिले तुलसीपुरको टरिगाउँमा बस्दै आएका टोपलाल बिकलाई चक्कु देखाएर डरत्रास पैदा गरी ५ हजार रुपैयाँ लुटेका थिए ।

यही माघ १५ गते बिहान साढे ९ बजेको समयमा तुलसीपुरको व्यस्त बजार बाहिनि चोकमै शिक्षक लुटिएपछी दबाबमा परेको प्रहरीले उसैदिन साँझ उनीहरुलाई पक्राउ गरेको हो । घटनामा ३ जनाको संलग्नता देखिएपनि एकजना भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माथी अभद्र व्यवहारमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको बयानमा उनीहरुले मौका पाएको अवस्थामा बेलाबखतमा यस्ता लुटपाटका काम गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस