२०८२ बैशाख ३० गते मङ्गलवार

दाङमा लागु औषधसहित दुई जना पक्राउ


दाङ, १७ माघ । दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहिबार दिउँसो घोराही उपमहानगरपालिका–१३, सुनगाभा टोलमा लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले राप्ती गाउँपालिका–३, मसुरिया घर भई हाल घोराही–१३, प्रगतिटोल बस्ने २२ वर्षिय चिन्तन केसी र घोराही–१३, डुम्मरगाउँका मनोज बुढामगर पक्राउ गरेको हो । प्रहरीले केसीले जुत्ताभित्र लुकाएर राखिएको ब्राउन सुगर १९० मिलिग्राम, उनको साथबाट ४ हजार ५०० र मोबाइल फोन १ थान बरामद गरेको छ ।

यस्तै बुढामगरको साथबाट ६८० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । यसैगरी मोबाइल फोन १ थान र उनीहरूले प्रयोग गरेको लु १८ प ३७७० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस