२०८२ बैशाख ३० गते मङ्गलवार

दाङमा जुवाको खालबाट नगदसहित ६ जना जुवाडे पक्राउ


दाङ, १२ माघ । दाङमा जुवाको खालबाट नगद ५३ हजार बढीसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उप–महानगरपालिका–८ नयाँबस्तीस्थित झुपराज घर्तीमगरको घरमा अवैध रुपमा जुवातास खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारी ६ जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार प्रहरी टोलीले जुवाखालबाट ६ जनालाई नगद ५३ हजार ९८० रुपैयाँ र ताससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर–८ नयाँवस्तीका ४४ वर्षिय झुपराज घर्तीमगर, ४९ वर्षिय टिकाराम सार्की, २५ वर्षिय दोर्ण प्रसाद जैसी, ३० वर्षिय धन बहादुर थापा, तुलसीपुर–९, नयाँबस्तीका ३० वर्षका लक्ष्मण घर्तीमगर र ३० वर्षिय चेत बहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस