
दाङ, ९ माघ । गत कार्तिकमा भारतले धान निर्यात शुल्क हटाएपछि नेपालमा धान आयात सत् प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार मङ्सिर र पुस महिनामा मात्रै ७ अर्ब ८२ करोडको धान आयात भएको छ ।
चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुससम्म भने भारतबाट १० अर्ब ४२ करोड ४४ लाखको धान आयात भएको छ । पोहोर भने ६ महिनामा ५ अर्बको धान आयात भएको थियो ।
विभागकाअनुसार मङ्सिर र पुसमा चामलको आयातसमेत बढेको छ । विभागकाअनुसार दुई महिनामा ४ अर्ब ३१ करोडको चामल आयात भएको भएको छ । जबकी कार्तिकसम्म जम्मा ४ अर्बको चामल आयात भएको छ ।
सरकारले यो वर्ष धानको उत्पादन बढेको जनाएको भए पनि आयात भने ह्वात्तै बढेको हो । नेपालको माग धान्ने गरि उत्पादन नभएकाले आयात भने बढिरहेको कृषि मनत्रालयका प्रवक्ता मतिना जोशीले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार