२०८२ असार ३ गते बुधवार

आज माघ ४ गते शुक्रबारको राशिफल

आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जनवरी १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्युजका लागि ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेकाे फलादेश :

मेष राशि –   मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । पति पत्निमा मनमुटाव छाउला ।मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।

बृष राशि –    बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।कुटनितिक सफलता मिल्नेछ । पारिवारीक जीवनमा भने मतभेद सृजना हुन सक्छ ।स्वास्थ्यमा भने सजगता अपनाउनुहोला ।

मिथुन राशि –  आज नयाँ कार्यका योजनाहरु बन्नेछन् ।  आफन्त रसाथीभाईको सहयोग प्राप्त होला ।आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।दिनको उत्तरार्धमा स्वास्थमा खटपट हुन सक्छ ।

कर्कट राशि – आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | नोकरी वा पेशामा मनमुटाव होला ।पारिवारीक जमघटले मनमा आनन्द छाउला ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह राशि – आत्मबलमा कमी आउनाले मनमा दुबीधा उत्पन्न होला ।सवारी साधन किनवेचमा ख्याल राख्नु पर्ला ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला ।अनावश्यक खर्च वढ्नेछ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला ।

कन्या राशि- रोकिएका कार्यहरु पूनः सुचारु हुनेछन् ।मनमा  हर्ष छाउला । व्यक्तिगत् कार्यले तिब्रता पाउनेछ ।मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।सामाजिक दायित्व निर्वाहमा वाधा छाउला ।

तुला राशि –  आज बिना प्रतिस्पर्धा नै फाईदा हुने समय छ ।सामाजीक कार्यमा सरिक भैएला ।बौद्दिक विकाश हुनेछ ।पारिवारीक सुख प्राप्त हुनेछ।मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि – सांगीतिक क्षेत्रमा रुचि बढ्ला । पूनर्मिलनको योग रहेको छ ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि –  मान सम्मान वढ्नेछ ।महत्वूर्ण कार्यमा केही ढिला सुस्ति हुन सक्छ ।आर्थिक समस्या आउन सक्छ।व्यवसायिक सफलता भने मिल्नेछ ।अग्रजको सल्लाहमा अगाडि बढ्दा शुभ हुनेछ । प्रेम सम्वन्धमा बाधा उत्पन्न होला ।

मकर राशि –  समयमा कार्य सम्पादन नहुदा मनमा चिन्ता वढ्ला ।पारिवारीक सुख एवं शान्ति प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन्  । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि – जोशजाँगर र हिमत बढ्नेछ । धर्मकर्म तथा सामाजीक कार्यमा मन जानेछ ।दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि –  विश्वास गरेका व्यक्तिवाट पूर्ण सहयोग प्राप्त हुनेछ ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।दिन आनन्दमय रहनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं –9848060799

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस