२०८१ फाल्गुन ६ गते मङ्गलवार

 दिदीकाे अश्लील भिडियो बहिनीकाे मेसिन्जरमा पुगेपछि….

साइबर अपराधको आरोपमा प्रहरीले  ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर अपराध ब्युरोले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ५ स्थायी वतन भई हाल काठमाडौँको बौद्ध नयाँ बस्तीमा बस्दै आएका सरोज कटवाललाई पक्राउ गरेको हो । 

कटवालले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितको बहिनीलाई पठाइदिएपछि प्रहरीमा उजुरी परेको थियो । 

यस सम्बन्धमा अनुसन्धान हुँदा कटवालको संलग्नता खुलेपछि पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको ब्युरोले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस