दाङ, १ माघ । माघे सक्रान्ति पर्वको अवसरमा आज बिहानैदेखि दाङका दुई स्थानमा आज भव्य मेला लागेको छ । घोराहीको बाह्रकुने र लमही–९ को बगारबाट रिहारमा माघे सक्रान्तिका अवसरमा भव्य मेला लागेको हो ।
बिहानै नागरिकहरु चिसोको कुनै प्रवाह नगरी बाह्रकुने दहमा पुगेका छन् भने उता देउखुरीको रिहारमा पनि बिहानैदेखि भिडभाड बढेको छ । रिहारमा स्थानीयसंगै भारतबाट सबैभन्दा बढी तिर्थालु आएका छन् ।
प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार


