२०८२ जेष्ठ ५ गते सोमवार

तुलसीपुरमा आज ‘रैथाने खाना’ महोत्सवको हुँदै


दाङ, २८ पुस । तुलसीपुरमा आज ‘रैथाने खाना’ महोत्सवको हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गर्न लागेको हो ।

तुलसीपुर–७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा दोस्रो रैथाने खाना महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय उत्पादनबाट बनेका परम्परागत परिकारको प्रदर्शनी गर्ने र सहभागीलाई रैथाने खानाको स्वाद चखाउने उहाँले बताउनुभयो । महोत्सवमा कोदाको ढिँडोदेखि ढिक्रि, अनदीको झोल, सातु पेडा, गुन्द्रुक, सिस्नुको झोल, लोकल मासु, घोंगी, गंगटा लगायतका परिकार रहने उहाँले बताउनुभयो ।

महोत्सवले हराउँदै गएका परम्परागत परिकारहरूको महत्व झल्काउन र नयाँ पुस्तालाई यसको महत्व बुझाउन रैथाने खाना महोत्सवको आयोजना गरिन लागेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस