२०८२ जेष्ठ ५ गते सोमवार

‘तुलसीपुर बृहत सिकाई मेला–२०८१’ को तयारी पूरा


दाङ, २७ पुस । दाङको तुलसीपुरमा भोलि हुन लागेको ‘तुलसीपुर बृहत सिकाई मेला–२०८१’ को तयारी पूरा भएको छ । बीरेन्द्र मावि तुलसीपुर– १ भ्यूडहर सुनपुरमा हुन लागेको मेलाका लागि आवश्यक स्टल निर्माण, गेट निर्माण, अतिथि निमन्त्रणा लगायतका तयारी पूरा भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको सहयोग र सहकार्यमा बीरेन्द्र माविले तुलसीपुर बृहत सिकाई मेला आयोजना गर्न लागेको हो ।

सिकाई मेलामा नविनतम प्रविधिको प्रर्दशनी, बालबालिका र परिवारमैत्री गतिविधि, स्थानीय कला, संगित र नृत्य प्रदर्शन, घरेलु तथा हस्तकलाका सामग्रिको प्रदर्शनी, चित्रकला र रंगकला, जलचक्र, सौर्य उर्जाको प्रयोग र पर्यावरणीय संरचनाको प्रदर्शनी लगायत विभिन्न अन्तक्रियात्मक तथा साँस्कृतिक कार्यक्रमहरु हुने विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीले जानकारी दिनुभयो ।

बालबालिका र युवाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच प्रदान गर्न र स्थानीय शैक्षिक विकासको सम्भावनाहरू पहिचान गर्न बृहत सिकाई मेला हुन लागेको प्रधानाध्यापक घर्तीले बताउनुभयो ।

उहाँले सिकाई मेलामा सहभागीताका लागि तुलसीपुरका सामुदायिक तथा संस्थागत सबै विद्यालय र शिक्षासंग सम्बन्धित सरोकारवाला सबैलाई अनुरोध गर्नुभएको छ । सिकाई मेलामा वरिष्ठ पत्रकार टिकाराम यात्री प्रमुख वक्ताको रुपमा आउने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस