
दाङ, २३ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले आफ्नै लगानीमा सडकको नयाँ ट्रयाक खोल्न थालेको छ ।
मदननगर हुँदै बनकट्टा जोड्नका लागि सडकको नयाँ ट्रयाक खोल्न थालिएको हो । पवित्रनगर टोल विकास संस्थाबाट सोमबारदेखि नयाँ ट्रयाक खोल्ने काम शुरु भएको वडा अध्यक्ष वर्षात भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारी आवागमनमा सहजताका लागि नयाँ ट्रयाक खोल्न थालिएको हो । अहिले करिब ७ मिटर सडकको ट्रयाक खुल्ने उहाँले बताउनुभयो ।
दायाँ–बायाँ ६ मिटर चौडाइको सडकको ट्रयाक खुल्न लागेको छ । सडकको ट्रयाक खुल्ने भएपछि स्थानीय खुशी भएका छन् ।
प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार