
आज २०८१ साल पुस २२ गते सोमबार तदनुसार सन् २०२५ जनवरी ६ तारिख । पुस शुक्ल पक्षको सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्युजका लागि ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेको फलादेश :
मेष राशि: खुट्टा तान्नेहरू सल्बलाउने छन्। पदीय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ। मानसिक दबाब बढेको महसुस होला। आजको दिन मध्यम फलदायी रहनेछ। मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला। धैर्यताले कार्य गर्दा सहजता हुनेछ।
वृष राशि: बन्धु-बान्धवको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। शुभ कार्यको चर्चा चल्ला। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कूटनीतिक सफलता मिल्नेछ। पारिवारिक जीवनमा भने मतभेद सिर्जना हुन सक्छ। स्वास्थ्यमा भने सजगता अपनाउनु होला।
मिथुन राशि: आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त तथा साथीभाइको सहयोग प्राप्त होला। आँटेका कार्यहरू पूरा हुनेछन्। मान-सम्पन्न वृद्धि होला। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। दिनको उत्तरार्धमा स्वास्थ्यमा खटपट हुन सक्छ।
कर्कट राशि: आफ्नै इच्छाअनुरूप समय व्यतीत हुनेछ। आज कुनै पनि कुराले मनमा शान्ति छाउला। सोचेअनुरूप कार्य अगाडि बढ्नाले मनमा हर्ष छाउँला। आर्थिक लाभ हुनेछ। पारिवारिक जमघटले मनमा आनन्द छाउला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
सिंह राशि: आत्मबलमा कमी आउनाले मनमा द्विविधा उत्पन्न होला। नयाँ योजनाहरू कार्यान्वयन गर्न कडा मेहनत गर्नु पर्नेछ। खानपानमा ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नु होला। अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ख्याल राख्नु होला।
कन्या राशि: रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। मनमा हर्ष छाउला। व्यक्तिगत कार्यले तीव्रता पाउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। रोजगारका अवसर मिल्नेछन्। दैनिक कार्यमा सफलता मिल्नेछ। पेशा र व्यवसायमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव प्राप्त होला।
तुला राशि: आज बिना प्रतिस्पर्धा नै फाइदा हुने समय छ। सामाजिक कार्यमा सरिक भइएला। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह एवं वाणीको प्रभाव बढ्ने समय रहेको छ। आज जोश, जाँगर, र हिम्मत बढ्नेछ। गरेका कार्यहरूमा सफलता मिल्ला। सोचेअनुरूप कार्यले तीव्रता पाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।
वृश्चिक राशि: सांगीतिक क्षेत्रमा रुचि बढ्ला। पुनर्मिलनको योग रहेको छ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति बढ्नेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।
धनु राशि: महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आर्थिक समस्या आउन सक्छ। मनमा भय उत्पन्न हुनेछ। सोचेअनुरूप काम बन्न गाह्रो होला। नाक, कान, घाँटीको सामान्य समस्याले सताउन सक्छ, अलि सजगता अपनाउनु पर्नेछ। प्रेम सम्बन्धमा बाधा उत्पन्न होला।
मकर राशि: पारिवारिक सुख एवं शान्ति प्राप्त हुनेछ। अधुरा कार्य पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउला। शुभ समाचार सुन्न पाइएला। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ भने प्राप्त होला। दिनको उत्तरार्धमा खर्च बढ्नेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ।
कुम्भ राशि: जोश, जाँगर, र हिम्मत बढ्नेछ। धर्मकर्म तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइएला। रमाइलो यात्राको सम्भावना बढ्ला। आज धैर्य एवं लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। कुनै पनि कुराले भ्रममा पार्न सक्छ, चनाखो हुनु होला।
मीन राशि: विश्वास गरेका व्यक्तिबाट पूर्ण सहयोग प्राप्त हुनेछ। आज मनमा शान्ति मिल्नेछ। उत्साह एवं उमङ्गमा दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजन प्राप्त होला। शुभकर्मको चर्चा चल्नेछ। दिन आनन्दमय रहनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधव शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपुर, के-लाइन, जेसिस चोक, दाङ
फोन नं.: ९८४८०६०७९९