२०८३ भाद्र ६ गते शनिवार

तुलसीपुर बजारमा ट्रकले पैदल यात्रीलाई ठक्कर दियो

दाङ, १८ पुस । दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर– ५ बस्ने बर्ष ७० को टेक बहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

घाइते गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाइते गिरीको बाया हात,बाया खुट्टा,मुखमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

आज बिहान पौने १० बजेतिर तुलसीपुर–५ बिपि चोकस्थित बिरेन्द्रचोकबाट बसपार्कतर्फ जाँदै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिइएको प्रहरीले जनाएको छ ।

ट्रक चालक घोराही उपमहानगरपालिका –१४ बस्ने ४५ वर्षका प्रेम बहादुर सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस