२०८२ बैशाख ३० गते मङ्गलवार

दाङमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

दाङ, १५ पुस । दाङमा कल्भर्टभित्र पसेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमाल रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

कालाकाटे सडक खण्डको प्रनाहा नजिक कल्भर्टभित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा डुब्दा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कुमाल पानीमा डुबेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस